स्मिथको शतकमा अष्ट्रेलियाद्वारा घरेलु टोली इंग्ल्यान्ड पराजित

ज्ञानमाण्डू।आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा अष्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई १२ रनले पराजित गरेको हो। अष्ट्रेलियाले दिएको २९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा २८५ रन मात्रै बनाउन सक्यो ।
इंग्ल्यान्डका लागि जेम्स भिन्सले ६४ तथा कप्तान जोस बट्लरले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै क्रिस वोक्सले ४० रन र जोय रुटले ३२ रन जोड्न सफल भए । बलिङ्तर्फ अष्ट्रेलियाका लागि केन रिचार्डसन र जासन पाउलले २-२ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९७ रन बनाएको थियो । अष्ट्रेलियाका लागि स्टेभेन स्मिथले ११६ रनको शतकीय इनिङ्स खेले । उनले १०२ बलमा ८ चौका र तीन छक्का प्रहार गर्दै ११६ रन बनाए । त्यस्तै, डेभिड वार्नरले ४३ रन बाउँदा उस्मान खवाजाले ३१ त्था साउन मार्स र एलेक्स क्यारेयले समान ३०-३० रनको योगदान रह्यो । बलिङतर्फ भने इंग्ल्यान्डका लियाम प्लुन्केटले चार विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x