आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सम्मानित

ime general insurance

ज्ञानमाण्डू। नेपाल व्यवस्थापन संघ Management Association Nepal (MAN) द्वारा मिति २०७८ साल चैत्र २६ गते होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ Outstanding Management Award 2022 बाट सम्मानित हुनुभएकाे छ । उक्त कार्यक्रममा सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गर्नुभएको थियो । श्रेष्ठले Management Association Nepal (MAN) लाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ-आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु¥याउनु हुने सम्पूर्ण ग्राहकवर्गहरु, शेयरधनीमहानुभावहरु, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । उक्त समाहरोहमा श्रेष्ठले यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने जानकारी दिनुभयो । उक्त अवसरमा श्री श्रेष्ठले आफू जहिले पनि समूहमा विश्वास गर्ने भएको हुनाले आगामी दिनहरुमा पनि यसरी नै सबै क्षेत्रबाट साथ र सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको International Brand Consulting Corporation (IBC), ले Asia's Most Trusted Company Award 2019 र World HRD Congress, ले Asia's Best Employer Brand Award 2021 बाट समेत सम्मानित गरेको
कम्पनीले जनाएकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x