आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न

ज्ञानमाण्डू।आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २१औं वार्षिक साधारण सभा मिति २०७६ साल आषाढ २९ गते आइतबार लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौंमा सम्पन्न भएको छ ।

साधारण सभामा सम्पूर्ण शेयर धनी महानुभावहरूलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष श्री हेम राज ढकालले नेपाली बिमा बजारमा छुटृै पहिचान स्थापित गर्न विगत ४ वर्षमा हामीले नयाँ नयाँ बीमालेख लगायत आफ्नो सेवालाई देशको सात वटै प्रदेशमा विस्तार गरी ४८ वटा शाखा १९ वटा सेवा काउन्टर गरी ६७ स्थानबाट ग्राहक महानुभावहरूलाई सहज सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएका छन् ।

देशको आर्थिक विकासमा बिमाको ठुलो योगदान रहेको र बिमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बिमा बजार अझै फराकिलो हुनेछ र बिमाको दायरमा वृद्धि भई व्यवसाय र मुनाफामा वृद्धि हुने धारणा समेत व्यक्त गरेका छन् ।

साथै पछिल्लो समय बिमा सेवामा देखिएको प्रतिस्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुँच विस्तार आदिले बिमा व्यवसाय वृद्धि, नाफामा वृद्धिभएबाट पूंजीबजारमा समेत ठुलो हिस्सा बिमा क्षेत्रले ओगट्न सफल भएको छ । बिमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बिमाको नयाँ नयाँ क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी वर्षमा अझै नवीनतम सेवाहरू सहित ग्राहकमुखी भएर सन्तुष्ट ग्राहकहरूको सङ्ख्यामा वृद्धि गरी अगाडी बढ्ने लक्ष्य कम्पनीले लिएको जानकारी सभालाई गराएका छन् ।

कम्पनीले आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको ५ प्रतिशतले बोनस शेयर प्रदान गर्ने प्रस्ताव २१र्औ वार्षिक साधारण सभाबाट पारित भएबाट कम्पनीको चुक्ता पुँजी १ अरब २ करोड ६ लाख पुगेको साथै नियामक निकायबाट निर्जीवन बिमा कम्पनी गाभ्न,े गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका जारी भएको परिप्रेक्षमा कम्पनीको दायरा तथा क्षमता वृद्धि गर्ने हेतुले सभा समक्ष पेस गरिएको गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने गरी २१र्औ साधारण सभाले अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेबाट कम्पनीले आगामी दिनमा उपयुक्त कम्पनीसँग गाम्ने, गाभिने तथा प्राप्ति गर्न सक्नेछ ।

कम्पनीले गत आ.ब.मा १ अरब ७७ लाख बिमा शुल्क आर्जन गरी गरी १५ करोड ९८ लाख खुद नाफा आर्जन गर्न सफल भएकोमा चालु आ.ब.को हालसम्म गरिब १ अरब २१ करोड बिमा शुल्क आर्जन गर्न सफल भएको पनि सभालाई जानकारी गराइएको छ ।

अध्यक्ष श्री ढकालले कम्पनीको २१औं  वार्षिक साधारण सभामा भाग लिई अमूल्य सुझावहरू दिने शेयरधनीहरुको आत्मीयता, न्यानो माया र विश्वास प्रति आभार प्रकट गर्दै नेपाल सरकारका विभिन्न निकाय, बिमा समिति लगायत नियामक निकायहरूप्रति धन्यवाद व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x