नेपाल पुनर्बीमा कम्पनीले विभिन्न पदमा कर्मचारीहरू माग्याे

 nepal re insurance company

Click here to join Gyanmandu.com's Viber Community

लोक सेवा आयोगबाट मिति २०७८/०५/०१ मा प्राप्त सहमति अनुसार नेपाल पुनर्बीमा कम्पनीमा रिक्त रहेका देहायका पदहरू खुला, समावेशी तथा आन्तरिक प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कर्मचारी सेवा शर्त (पहिलो संशोधन, २०७७) विनियमावली, २०७६ अनुसार कम्पनीले योग्यता पुगेका नेपाली नागरिकहरूबाट अनलाइन (Online Application System) द्वारा दरखास्त आह्वान गरेकाे छ । विज्ञापित सबै पदहरूमाअनलाइन मार्फत मात्र दरखास्त बुझाउनु पर्नेछ । अनलाइन मार्फत दरखास्त पेश गर्ने विधि, तरिका सम्बन्धी विवरण तथा ध्यान दिनुपर्ने विषयहरू कम्पनीको वेभसाईट www.nepalre.com.np मा राखिएको छ भने लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुनेछ।


समावेशी समूहका विज्ञापनमा दरखास्त दिने उमेदवारहरूका लागि विशेष निर्देशन

समावेशी समूहतर्फका पदहरूमा दरखास्त दिन चाहने उम्मेदवाहरूले दरखास्त दिने समयमा देहाय अनुसारका कागजातहरू तयार गरी दरखास्त दिनुपर्दछ। लिखित परीक्षाको नतिजाबाट अन्तर्वार्ताको लागि छनौट भएपछि अन्तर्वार्ता दिन आउँदा त्यस्ता कागजातहरूको सक्कल सहित आफैले प्रमाणित गरेको नक्कल समेत साथमा लिई आउनु पर्दछ।

(क) आदिवासी/जनजातिका हकमा नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको
जातिको हकमा सोही सूचीको आधारमा, तर नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा
सूचीकृत भएको जाति भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय तह/निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराएको कागजात ।

(ख) मधेसीका हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित गरेको कागजात, तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित
स्थानीय तह/निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गराएको
कागजात।

(ग) दलितका हकमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको सोही सूचीको आधारमा, तर राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जाति भित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तह/निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराएको कागजात ।


द्रष्टव्य

१. नेपाल पुनर्बीमा कम्पनी लिमिटेड कर्मचारी सेवा शर्त (पहिलो संशोधन, २०७७) विनियमावली, २०७६ को
विनियम १५ बमोजिम अयोग्य नभएको हुनुपर्नेछ ।

२. प्रत्येक सेवा अन्तर्गत खुला, समावेशी तथा आन्तरिक प्रतियोगिताका आधारमा लिइने परीक्षाहरू संयुक्त रूपमा एकै पटक एकै सिटिङ्गमा लिइनेछ।

३. समावेशी समूह भित्र फाराम भर्ने उमेदवारले विज्ञापन अनुसारका प्रत्येक समूहका लागि दरखास्त फारामको पहिलो पाना छुट्टा छुट्टै भर्नु पर्नेछ साथै उमेदवारले प्रवेशपत्रमा आफू उमेदवार हुने किसिम/समूहहरूको विवरण निर्धारित ढाँचामा अनिवार्य रूपले खुलाउनु पर्नेछ तर रोल नम्बर र प्रवेश पत्र भने एउटै मात्र प्रदान गरिनेछ। आवश्यक विवरण नखुलाउने उमेदवारलाई परीक्षामा समावेश गराइने छैन ।

४. एकभन्दा बढी समूहमा फाराम भर्ने उमेदवारले आफूले पेश गर्ने आवश्यक प्रमाणहरूको प्रत्येकको १/१ प्रति मात्र बुझाए पुग्नेछ। 

५. अपाङ्गता भएका उमेदवारको हकमा स्वीकृत चिकित्सकको सिफारिशमा समाज कल्याण परिषद्/सम्बन्धित स्थानीय तहबाट अपाङ्गता प्रमाणित गरेको परिचयपत्र पेश गर्नु पर्नेछ।

६. अनुभवको अवधि आव पर्ने उमेदवारको हकमा दरखास्त दिन पाउने अन्तिम मितिसम्ममा सम्बन्धित पदको
लागि तोकिएको न्यूनतम सेवा अवधि पूरा भएको हुनपर्नेछ।


७. दोब्बर दस्तुरको म्यादलाई उमेर, शैक्षिक योग्यता, अनुभव अवधि र अन्य योग्यताको प्रयोजनको लागि गणना गरिने छैन ।

८. तोकिएको म्याद भित्र दाखिला नभएमा वा न्यूनतम योग्यता नपुगेमा वा तोकिएका अन्य विवरण नखुलेमा वा
तोकिएको दस्तुर नबुझाएमा दरखास्त स्वीकृत गरिने छैन ।

९. दरखास्त दिने अन्तिम मिति भित्र निर्धारित शैक्षिक योग्यता हासिल गरिसकेको हुनु पर्नेछ। विदेशी संस्थामा अध्ययन गरेका उमेदवारहरूले सम्बन्धित निकायबाट आफूले प्राप्त गरेको योग्यताको समकक्षता निर्धारण गराएको हुनु पर्नेछ।

१०. परीक्षामा परीक्षार्थीले अनिवार्य रूपमा कालो मसीको मात्र प्रयोग गर्नु पर्नेछ। अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ।

११. पाठ्यक्रम कम्पनीको वेबसाइट www.nepalre.com.np बाट प्राप्त गर्न सकिनेछ।

उप प्रबन्धक र सहायक प्रबन्धक पदहरूको कार्यक्षमता मूल्याङ्कनबाट हुने बढुवाको सूचना कम्पनीको सूचना पाटी र वेभसाईट www.nepalre.com.np मा राखिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x