पेट्रोलियम पाइपलाइन परियोजना :पाइपलाइन परीक्षण सुरु

ज्ञानमाण्डू।अमलेखगन्ज-मोतिहारी पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत नेपाल तर्फको पाइप गाड्ने काम सकिएको छ । पाइप बिछ्याउने काम सकिएसँगै यसको परीक्षण (टेस्टिङ) सुरु भएको छ ।पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पथलैया देखि अमलेखगन्ज जङ्गल क्षेत्रमा रुख कटान भएपछि पाइपलाइन गाड्ने कामले पूर्णता पाएको हो । पाइप बिच्छ्याउने काम सकिएसँगै परीक्षण सुरु गरिएको नेपाल आयल निगमले जानकारी दिएको छ । 

अहिले पाइपलाइनको हाइड्रो टेस्टिङ भइरहेको निगमले जानकारी दिएको छ । विशेष गरी यसमा लिकेज छ कि छैन, नट जडानहरू राम्रोसँग भएको छ कि छैन भन्ने कुराको परीक्षण गरिने छ ।पाइप लाइन परीक्षण एक महिनामा सक्ने परियोजनाको तयारी छ। पाइप लाइनबाट पहिलो चरणमा डिजेल ल्याइने छ ।

परियोजनाको काम अन्तिम चरणमा पुगेको छ,पाइन लाइन बिछ्याउने काम सकियो। अब हामी फाइनल टचमा छौँ। एक महिनामा काम सकिन्छ।’नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा पाइप लाइन निर्माण भएको हो। यो पाइपलाइनको लम्बाइ ६९.५ किलोमिटर छ।पाइपलाइनको ३२.२५ किलोमिटर भारतीय भूमिका पर्छ भने ३७.५ किलोमिटर नेपालतर्फ पर्छ।

बाराको अमलेखगन्ज डिपोमा पाइपबाट आएको तेल भण्डारणका लागि १ लाख किलोलिटरका दुई र ३९ लाख किलो लिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण गरिएको छ। परियोजना पूरा भएपछि निगमले सहज ढङ्गले पेट्रोलियम पदार्थको आपूर्ति गर्न सक्छ।

पाइपलाइन परीक्षणका लागि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसहितका प्रतिनिधि सोमबार अमलेखगन्ज गएका छन् । निर्माण सम्पन्न भएपछि अब व्यवस्थापनको काम अघि बढाइने भएको छ । सफ्टवेयर जडानसँगै फ्लो मिटरको जडान तथा परीक्षण, भण्डारणको निर्माणको काम सम्पन्न हुने निगमले जनाएको छ । असार १५ गतेसम्म निर्माण कार्यका सम्पूर्ण काम सम्पन्न भई पाइपबाट तेल ल्याउने तयारी गरिएको प्रवक्ता गोइतको भनाइ छ ।

पाइपलाईनबाट पेट्रोलियम पदार्थ आउन थालेपछि प्रतिदिन २९ लाख २० हजार रुपैयाँ खर्च कटौती हुने निगमले जनाएको छ। निगमले वार्षिक ७१ करोड रुपैयाँ इन्धन ढुवानीमा खर्च गर्दै आएको छ।  पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा चुहावट नियन्त्रण हुनुको साथै इन्धन आयातमा लागिरहेको वाषिर्क अर्बौँ रुपैयाँ बचत हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x