शिक्षक सेवा आयोगद्वारा अध्यापन अनुमति पत्रको विज्ञापन प्रकाशन

ज्ञानमाण्डू।शिक्षक सेवा आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा शिक्षण गर्न इच्छुक व्यक्तिहरूबाट निम्न लिखित योग्यता र सर्तको अधिनमा रही अध्यापन अनुमति पत्रको परीक्षामा सहभागी हुनको लागि अनलाइन दरखास्त आव्हान गरेकाे छ ।

परीक्षाको किसिम : लिखित 

परीक्षा दस्तुर बुझाउने प्रक्रिया : अनलाइन फाराम भरेर सबमिट पश्चात् सिस्टमबाट जेनेरेट हुने भौचर अनुसारको रकम तोकिएको बैङ्कमा गई जम्मा गर्नुपर्नेछ । जम्मा गरेपश्चात् पुनः अनलाइन एप्लिकेशनको बैङ्क भौचर भन्ने बटनमा गई बैङ्क कारोबार सङ्केत नम्बर लगायत आवश्यक सम्पूर्ण विवरण शुद्धसँग भर्नुपर्नेछ । विवरण फरक परेमा आवेदन फाराम रद्द हुन सक्नेछ । 

दरखास्त भर्ने विधि : यस आयोगको वेबसाइट www.tsc.gov.np मा रहेको Online application माध्यम मार्फत फाराम भर्न सकिनेछ । दरखास्त भर्ने विधिबारे यस आयोगको वेबसाइटबाट जानकारी लिन सकिने छ ।

दरखास्त दिने मिति : २०७६ असार २ गतेदेखि २०७६ साल असार २२ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर तिरी असार २९ गतेसम्म फाराम भर्न सकिनेछ । दोब्बर दस्तुरको म्यादलाई उमेर र योग्यताको प्रयोजनको लागि गणना गरिने छैन ।

आवश्यक न्यूनतम योग्यता : सबै विज्ञापनका उम्मेदवारको लागि दरखास्त फाराम भर्ने अन्तिम मितिसम्ममा १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने,नेपाली नागरिताको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने,वैदेशिक शिक्षण संस्थाबाट हासिल गरेको शैक्षिक योग्यताको हकमा समकक्षता प्रमाणपत्र पेस गरेको हुनुपर्ने, प्रचलित कानुनबमोजिम उम्मेदवार हुन अयोग्य नभएको ।  

शिक्षक सेवा आयोग अध्यापन अनुमति पत्रको विज्ञापन: 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x