ट्राफिक व्यवस्थापनको लागि मोटरसाइकल बक्स बनाउने योजना

ज्ञानमाण्डू। "मोटरसाइकल बक्स" भनेको ट्राफिक लाइटमा दुई पाङ्ग्रे सवारीसाधन रोक्न छुट्ट्याइएको स्थान हो । जहाँ मोटरसाइकल र स्कुटरमात्रै रोक्न पाइने छ ।

सवारी जामको समस्या र  बढ्दो दुर्घटना नियन्त्रणका लागि सरकारले ट्राफिक व्यवस्थापनका हेतु काठमाडौँका मुख्य चोकहरूमा "मोटरसाइकल बक्स" योजना ल्याउने भएको छ ।  यही असारबाट कार्यान्वयनमा ल्याइने भएको यस नयाँ नियमको परीक्षण पहिलो चरणमा नयाँबानेश्वर चोकमा गरिँदै छ ।

केही समय अघि मोटरसाइकल बक्स निर्माणको विषयमा जापानी सहयोग नियोग (जाईका)ले अध्ययन गरेको थियो । उक्त अध्यनपछि मोटरसाइकल बक्स निर्माणको टेन्डर पिआर विनायक जेभीलाई दिइएको थियो ।

विभागले सुरुको चरणमा नयाँ बानेश्वरमा मोटसाइकल बक्स निर्माण गर्न लागेको हो । यसअनुसार मुख्य चोकको अघिल्लो भागमा बक्स निर्माण हुनेछ ।मोटरसाइकल बक्स निर्माण कार्य सम्पन्न हुन साथ यसलाई कार्यान्वयनमा ल्याइने छ। मोटरसाइकल बक्स सुरु भएपछि मोटरसाइकललाई छुट्टै लेन छुट्टाइने छ, जहाँ मोटरसाइकल बाहेक अन्य सवारी रोक्न पाइने छैन । बक्समा मोटरसाइकल मात्रै बस्न पाउनेछन् ।

हाल काठमाडौँका मुख्य चोकका जाममा मोटरसाइकल तथा स्कुटरहरु जथाभाबी बिचमा छिर्ने गरेका छन् । जसका कारण जाममा फसेका अन्य साना सवारीलाई समस्या पर्ने गरेको छ भने र त्यसले सडक दुर्घटना बढ्दै गएका पनि छन् ।यसै विषयलाई  ध्यानमा राख्दै मुख्य चोकमा मोटरसाइकल बस्ने छुट्टै बक्स निर्माण गर्न लागिएको हो ।उक्त बक्स अन्य सवारीसाधन रोक्ने स्थानभन्दा अगाडि हुनेछ । बक्स निर्माणपछि सुरुको लेनमा बाइकहरू रोकिने छन् भने त्यसपछि अन्य सवारी रोक्नु पर्ने हुन्छ । यसो गर्दा जाम खुल्नासाथै अघि बक्समा भएका मोटरसाइकल र स्कुटरहरु अघि गइहाल्ने र पछि रहेका साना सवारीलाई पनि सजिलो हुने तर्क विभागको रहेको छ ।

सडक विभागले हालचाल काठमाडौँको रिंगरोड र त्यसभित्रका क्षेत्रमा एक करोड ५७ लाख खर्चेर सडकको सिग्नल मार्किङ र सडक आसपास पेन्टिङको काम गर्न लागेको हो ।विभागले हाल पीआर विनायक जेभीलाई
काठमाडौँका सडकहरुमा सिग्नलहरु पेन्ट गर्न ठेक्का दिएको छ । विभागले ९ हजार ९ सय वर्ग मिटरमा रोडका थर्मो प्लाप्टिक सिग्नलहरु पेन्ट गर्नेछ ।यस्तै ७ सय मिटर रेलिङ र ४५ सय वर्गमिटरको फुटपाथसँगैको विभिन्न भागमा इनामेल पेन्ट गरिनेछ । काठमाडौँमा मुख्य सडक खण्ड र चोकहरूमा यो काम गरिने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x