सातै प्रदेशमा इबीमा स्टार्टअप एण्ड आइडिया फेस्ट र डिजिटल संवाद कार्यक्रम आयोजना हुदै



ज्ञानमाण्डू। लिभिङ विथ आइसिटीले सातै प्रदेशमा इबीमाले मुख्य प्रायोजन गरेको ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ । डिजिटल क्षेत्रमा कृयाशिल स्थानिय नवप्रर्वदकहरुलाई प्रवद्धन गर्ने र आवश्यक लगानी समेत जुटाउने उदेश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको छ । २०७८ चैत १८ गते गण्डकी प्रदेशबाट सुरु हुने कार्यक्रम २०७९ जेष्ठ दोश्रो साता बागमती प्रदेशमा समापन हुने बताएकाे छ ।

चैत १८ गते गण्डकी प्रदेशको पोखराबाट कार्यक्रमको सुरुवात हुदैछ भने जेष्ठ दोश्रो हप्ता बागमती प्रदेशको चितवनमा कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ । पहिलो चरणमा पोखरापश्चात चैत २३ गते बुटवल, चैत २७ गते बिरगञ्ज र बैशाख २ गते बिराटनगरमा कार्यक्रम आयोजना हुनेछ र दोश्रो चरणमा सुदुपश्चिम, कर्णाली र बागमतीमा कार्यक्रम आयोजना हुने कम्पनीले जनाएकाे छ ।

यस कार्यक्रममा स्थानिय स्टार्टअप तथा विद्यार्थीहरुका इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टहरुलाई प्रदर्शनीमा राखिनेछ । सहभागिहरुले आफ्नो आइडिया वा प्रोजेक्टको बारेमा विज्ञ छनौट समितिको सहभागितमा प्रस्तुती दिनेछन । यसैगरी उनिहरुले आइटी क्षेत्रका सफल स्थानिय तथा केन्द्रका उद्यमीहरुबाट मेन्टरिङ सेसनमा पनि सहभागी हुने अवसर प्राप्त गर्नेछन । आयोजकले हरेक प्रदेशबाट उत्कृष्ट ५ स्टार्टअप तथा आइडिया छनौट गरी काठमाडौंमा विजनेश इन्क्युवेसनमा सहभागि गराउने जनाएको छ । छनौट भएका स्टार्टहरुले बैंकले उपलब्ध गराउने सहुलियतपुर्ण ऋण सुविधा र लगानीको लागि अवसर प्राप्त गर्नेछन । स्टार्टअपहरुले आबश्यक प्रविधि, कानुनी सहायता र व्यपार प्रवद्धनको लागि निशुल्क परामर्श तथा विभिन्न अवसरहरु प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । हरेक प्रदेशका उत्कृस्ट १ लाइ आइसिटी अवार्ड २०२२ को ग्रान्ड फिनालेमा सम्मान पनि गरिने बताइएको छ ।
हरेक प्रदेशको कार्यक्रममा कम्तिमा ३० बढि स्टार्टअपहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा प्रदेश सरकार, स्थानिय सरकार, नीजि क्षेत्र र सरोकारवालाहरुको उपस्थितीमा डिजिटल रुपान्तरणमा प्रदेश विषयमा विशेष अन्तकृया तथा डिजिटल संवाद कार्यक्रम पनि आयोजना हुनेछ । विहान १० बजेदेखि बेलुकी ६ बजेसम्म विभिन्न सेसन र प्रदर्शनी कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । स्टार्टअपहरुले निशुल्क सहभागि हुने अवसर प्राप्त गर्नेछन भने कार्यक्रममा अवलोकन तथा सहभागिताको लागि पनि प्रवेश निशुल्क गरेको
कम्पनीले जनाएकाे छ ।

कार्यक्रममा इबीमा, राष्ट्रिय वाणिज्य बैंक, निमा एकेडेमी, सफ्टवेरिका कलेज, एसिसिए, ब्रोडवे इन्फोसिस, सिएसआइटी एसोसिएसन लगायतको सहकार्य तथा सहयोग रहेको छ । यसैगरी सोहि दिन आयोजना हुने प्रादेशिक डिजिटल संवाद कार्यक्रममा ह्वावे, इन्फोडेभलपर्स, नेपाल दुरसञ्चार प्राधिकरण लगायत प्रदेश सरकारहरुको सहकार्य रहेको छ । डिजिटल संवाद कार्यक्रम प्रदेश सरकार, स्थानिय सरकार, सरोकारवाला र नीजि क्षेत्रको उपस्थितीमा विशेष अन्तकृयात्मक रुपमा सञ्चालन हुनेछ ।

पछिल्लोसमय अध्ययनपश्चात आफ्नै क्षेत्रमा केहि नयाँ तथा इन्नोभेटिभ काम गर्ने युवाहरुको उल्लेख्यरुपमा बृद्धी भएको छ तरपनि आवश्यक मेन्टरिङ, इन्क्युवेसन र लगानीको अभावमा धेरै स्टार्टअपहरु पलायन भइरहेको अवस्थालाई मध्यनजर गर्दै लिभिङ विथ आइसिटीले देशव्यापी रुपमा कार्यक्रम आयोजना गर्न लागिरहेको संयोजक राजन लम्सालले बताउनुभयाे । स्थानिय स्तरमा कोभिड १९ को कारण धेरै स्टार्टअपहरु बन्द पनि भएका छन र अब सरकार र नीजि क्षेत्र सहकार्य गर्दै डिजिटल उद्यमशिलता र इन्नोभेसनको विकासमा लाग्नुपर्ने लम्सालको भनाई छ । कार्यक्रममा स्टार्टअप तथा आइडिया प्रस्तुत गर्न

www.nepalistartup.com वेबसाइटमार्फत दर्ता गर्ने वा ९८०१२६३६०२ मा सम्पर्क गर्न सकिने बताएकाे छ ।

संघिय तथा प्रादेशिक सरकारहरुले पनि इन्नोभेसन र उद्यमशिलताको विकासमा ध्यान दिनसकेमा आफ्नै ठाँउबाट धेरैलाई रोजगारी सृजना गर्दै विदेशी रकम समेत आर्जन गर्न सकिने अवस्था छ । सरकारले हरेक वर्ष बजेटमा स्टार्टअप फण्ड कार्यक्रम ल्याएपनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । स्टार्टअप सम्वन्धी सरकारले नीति बनाउने प्रयास गरिरहेको छ तर लामो समयदेखि यो यस क्षेत्रमा आवश्यक सहयोग र सहुलियत उपलब्ध गराउन माग हुदै आइरहेको छ । नीजि क्षेत्रबाट स्टार्टअप र उद्यमशिलताको विकास र प्रवद्धनमा विभिन्न किसिमका प्रयासहरु भने भइरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x