विश्वकप क्रिकेटमा आज अष्ट्रेलियाको सामना गर्दै पाकिस्तान

ज्ञानमाण्डू ।इंग्ल्यान्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बुधबार) अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुनेछ । प्रतिस्पर्धामा अष्ट्रेलिया तेस्रो र पाकिस्तान दोस्रो जितको खोजिमा हुनेछन् । द कपर एसोसिएट्स कउन्टी मैदानमा उत्रदा दुवै टोली जितको लक्ष्यसहित मैदानमा उत्रनेछन् ।
अष्ट्रेलियाले अहिलेसम्म खेलेको ३ खेलमा २ जित र १ हारसहित ४ अंक जोडेको छ ।अष्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा वेष्ट इन्डिजलाई १५ रनले पराजित गर्न सफल भएको थियो भने अष्ट्रेलिया तेस्रो खेलमा भारतसंग ३६ रनले पराजित हुन पुगेको थियो । त्यसैले तालिकाको चौंथो स्थानमा रहेको अष्ट्रेलिया आफ्नो चौंथो खेलबाट तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
यता, पाकिस्तानले अहिलेसम्मका ३ खेलमा १ जित, १ हार र १ बाराबारी सहित ३ अंक जोडेको छ ।पहिलो खेलमा वेष्ट इन्डिजसँग ७ विकेटले पराजित भएको पाकिस्तानले दोस्रो खेलमा भने आयोजक इंग्ल्यान्डलाई १४ रनले पराजित गर्न स्फल रह्यो । तर श्रीलंकाविरुद्धको तेस्रो खेल भने वर्षाको कारण रद्द भएपछि अंक बाँडेको थियो ।

निकै बलियो देखिएको अष्ट्रेलियाले आफ्नो चौंथो खेलबाट तेस्रो जित निकाल्न चाहन्छ भने यता पाकिस्तान पछिल्ला हारलाई बिर्सदै आफ्नो चौंथो खेलबाट दोस्रो जित निकाल्न चाहन्छ । दुई टोली बीचको पछिल्ला सामनाहरुमा भने अष्ट्रेलिया बलियो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x