त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलनको १७ बुँदे घोषणापत्र

ज्ञानमाण्डू ।त्रिभुवन विश्वविद्यालयले आफ्नो पाठ्यक्रम र त्यसमा आधारित शैक्षिक स्तरलाई विश्वस्तरमा पुर्‍याउने उद्देश्यका साथ आयोजना गरेको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न भएको छ । जेठ २६ र २७ गते नेपालमा आयोजित सम्मेलनमा अमेरिका, बेलायत, जापान, फिन्ल्याण्ड, भारत, सिङ्गापुर र नेपालका ख्याति प्राप्त प्राध्यापकहरूले कार्य पत्र प्रस्तुत गरेका छन्।

त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तरलाई विश्वस्तरमा पुर्‍याउने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रिय करण’ विषयक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनले उच्च शिक्षाको सुधारसम्बन्धी १७ बुँदे घोषणापत्र पारित गरेको छ।

सोमबार सम्पन्न सो दुई दिने सम्मेलनले पाठ्यक्रम निर्माण लचिलो हुने र परम्परागत मानसिकता माथि उठ्ने, पाठ्यक्रम निर्माणमा बहुविधागत विषय संलग्न गराउने, विश्वका ख्यातिप्राप्त उच्च शैक्षिक संस्थासँग शैक्षिक सहकार्य गर्ने, अन्तर्राष्ट्रियकरणलाई महत्त्वपूर्ण रणनीतिको रूपमा अवलम्बन गर्ने, शिक्षकलाई आत्मनिर्णयको अधिकार उपलब्ध गराउने, अन्तर्राष्ट्रियस्तरका महत्त्वपूर्ण विषयवस्तु पाठ्यक्रम निर्माणमा संलग्न गराउने लगायत बुँदा छन्।

यसै गरी प्राध्यापकलाई थप सशक्तीकरण गर्दै समस्या समाधान गर्ने खालका शैक्षिक कार्यक्रम निर्माण गर्ने, अनुसन्धानलाई ग्राह्यता दिँदै अनुसन्धानमा बजेट बढाउनेलगायतका सङ्कल्प पारित भएको छ । सम्मेलनमा जम्मा १२ कार्यपत्र प्रस्तुत भएको थियो ।

जेठ २६ गते आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गरेपछि सो सम्मेलनको बाँकी छलफल भने ललितपुरस्थित होटेल हिमालयमा भएको हो । सम्मेलनबाट आर्जित ज्ञान र अनुभवबाट त्रिभुवन विश्वविद्यालयको शिक्षा प्रणालीमा सुधार आउने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x