आजदेखि तातोपानी नाका खुल्दै

ज्ञानमाण्डू।विनाशकारी भूकम्प पश्क्षात बन्द भएको चीनियाँ नाका तातोपानी भन्सार चार वर्षपछि सञ्चालनमा आएको छ । भूकम्पपछि चिनियाँ पक्षले बन्द गरेको यो नाकालाई बुधवार दुबै देशका उच्च अधिकारीहरु सहभागी भएर सञ्चालनमा ल्याइएको छ ।

बुधवार नेपाल र चीन जोड्ने मितेरी पुलमा उद्योगमन्त्री मात्रिका यादव र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपमन्त्री तथा चिनियाँ राजदूतले उद्घाटन गरेपछि यातायात सञ्चालनमा आएको हो । चीनबाट ऊन लोड गरेका चारवटा कन्टेनर नेपाल पठाएर औपचारिक रूपमा नाका संचालनको औपचारिक शुभारम्भ भएतापनी यो नाकाबाट सामान आउन भने कम्तीमा पनि तीन महिना कुर्नु पर्नेछ।

नेपाल उद्योग वाणिज्य महासंघका अनुसार नेपाली ट्रान्सपोर्टरले न्यालममा सम्पर्क कार्यालय नखोलेसम्म सामान ढुवानी गर्न कठिन हुनेछ ।चीनले आफ्नो पूर्वाधार तयार पारे तापनी नेपालको सामान बोक्ने ट्रकहरुको सम्पर्क कार्यालय चीनतर्फ खुलेको छैंन। न्यालम वा कुनै ठाउँबाट सामान ल्याउन नेपाली व्यवसायीले समेत कार्यालय खोल्नुपर्नेछ ।

बन्दरगाहका लागि आवश्यक पर्ने गोदामघर, क्वारेनटाईन, जाँचपास र्याड लगायतका सबै खालका संरचना निर्माण गरिएको समितिले जनाएको छ। आयात र निर्यातका लागि छुट्टाछुट्टै टर्मिनलहरु बनाईएको छ। करिव १ सय ६० ठूला र ३० वटा साना गाडी एकैपठक जाँच गर्न सकिन्छ। सय टनसम्म सामान वोकेको गाडी एकैपटक तौलिन सक्ने मेसिन समेत राख्न लागिएको छ।

चीनबाट सामान बोकेर आउने ट्रकहरु नाकाभन्दा झण्डै ७ किलोमिटर वर लार्चामा निर्माण गरिएको सुक्खा बन्दरगाहमा राखिने छ । त्यहीँबाट व्यापारीहरुले आफ्ना सामान अन्यत्र ढुवानी गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x