अभ्यास खेलमा इंग्ल्यान्डद्वारा अफगानिस्तान पराजित

ज्ञानमाण्डू।सोमबार घरेलु मैदान लन्डनमा भएको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा इंग्ल्यान्डले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङमा उत्रीएको अफगानिस्तानले दिएको १६१ रनको लक्ष्य इंग्ल्यान्डले १७ ओभर ३ बलमा मात्र १ विकेटको क्षतिमा पुरा गर्न सफल रह्यो।

इंग्ल्यान्डका लागि जासन रोयले अविजित रही ८९ रनको अर्धशतकीय इनिङ्स खेले । अर्का ओपनर जोनी बेयर्स्टोको भने ३९ रनको योग्दन रह्यो । अविजित रहेक इंग्ल्यान्डका अर्का ब्याट्स म्यान जोय रुटले २९ रन बनाएका थिए । त्यस्तै, बलिङ तर्फ अफगानिस्तानका मोहमद नाबीले भने मात्र १ विकेट लिन सके ।

टस हारेर प्रथम ब्याटिङका लागि चयन भएको अफगानिस्तानले ३८ ओभर ४ बलमा अलआउट हुँदै १६० रन बनाएको थियो ।अफगानिस्तानका लागि मोहमद नाबीले ४४ तथा नुर अली जाद्रनले ३० रन बनाए । त्यस्तै, डलट जाड्रन अविजित रही २० जोड्न सफल रहे । बलिङ तर्फ इंग्ल्यान्डका लागि सर्वाधिक विकेट जोय रुट र जोफ्रा आर्चरले समान ३३ विकेट लिन सफल रहे ।

 विश्वकप क्रिकेट मे ३० बाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x