न्युजिल्यान्डद्वारा भारत ६ विकेटले पराजित

ज्ञानमाण्डू।आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा भारतमाथि न्युजिल्यान्डले शानदार जित हात परेको छ । शनिबार राति लन्डनमा भएको अभ्यास खेलमा न्युजिल्यान्डले भारतलाई ६ विकेटले पराजित गरेको हो ।
भारतले दिएको १८० रनको सामान्य लक्ष्य न्युजिल्यान्डले ३७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्न सफल बन्यो । न्युजिल्यान्डका लागि रोस टेलर र कप्तान केन विलियम्सनले क्रमश ७१ र ६७ रनको अर्धशतकीय इनिङ्स खेले । त्सैगरि, न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले २२ रन र कोलिन मुनरोले चार रन बनाए । त्यस्तै, हेनरी निकोलसले अविजित १५ रन बनाए ।

भारतका लागि भने जस्प्रित बुम्राह, रविन्द्र जडेजा, हार्दिक पाण्डया र युजभेन्द्र चाहलले समान १-१ विकेट लिना सफल भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ३९ ओभर २ बलमा अल आउट हुँदै १७९ रन मात्रै बनाउन सक्यो । भारतका लागि रविन्द्र जडेजाले ५४ रनको अर्धशतकीय इनिङ्स खेले भने हार्दिक पाण्ड्याले ३०, कुलदिप यादवले १९ र कप्तान विराट कोहलीले १८ रन बनाए । महेन्द्र सिंह धोनी भने १७ रनमा आउट भए ।

भारतिय ब्याटिङलाई बर्बाद पार्ने क्रममा न्युजिल्यान्डका तर्फ बाट विनाशकारी बलिङ गर्दै टे्रन्ट बोल्टले चार विकेट लिए । त्यस्तै, जेम्स निशामले तीन विकेट लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x