आज सम्म कायम शेयरधनीले सानिमा जनरल इन्स्याेरेन्स लिमिटेडकाे साधारण सभामा भाग लिन पाउने


ज्ञानमाण्डू। सानिमा जनरल इन्स्याेरेन्स लिमिटेडले यही असार १५ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार ८ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा असार ७ गतेसम्म (आज सम्म) कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले विशेष साधारण सभा धुम्र बराह पार्टी प्यालेस एण्ड रेस्टुरेन्ट, धुम्वाराही, काठमाडौँमा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले यस कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने सम्बन्धी निर्णय गर्ने तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने, चलअचल सम्पत्ति र दायित्व मूल्याङ्कन (Due Diligence Audit) गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ताको नियुक्त पारित गर्नेछ ।

त्यसै गरी यस कम्पनीले निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी पनि सोही सभाले पारित गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x