जनता बैंक नेपाल लि. र सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी बिच बैंकासुरेन्स सम्झाैता

ज्ञानमाण्डू। जनता बैंक नेपाल लिमिटेड र  सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनी लिमिटेड  बिच बैंकासुरेन्स (Bancassurance) सेवा सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई  एकद्वार सेवा प्रणाली मार्फत बिमा सेवा दिने अभिप्रायले इन्स्युरेन्स कम्पनीहरुसँग संझौता गर्ने क्रममा जनता बैंक नेपाल लिमिटेडले आज सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनी सँग पनि संझौता सम्पन्न गरेकाे छ ।
जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुँवर क्षेत्री र सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री  पोषकराज पौडेलले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै  १२८ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जिवन बिमा गर्न सक्नेछन् । साथै शाखाहरुबाटै बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x