एचआईडिसीएलको लाभांश प्रस्ताव कहिले हुँदै छ पारित ? हेर्नुहोस् बुक क्लोज कहिले ?


ज्ञानमाण्डू।हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डिभलपमेन्ट कम्पनी लिमिटेडले आगामी २०७८ साल पौष २२ गते, बिहिबारका दिन १० औँ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको सो सभा बिहान ९ बजे पश्चात् कम्पनीको कार्यालय हात्तीसार, काठमाडौँमा आरम्भ हुने एचआईडिसीएलले जानकारी दिएको छ । कम्पनीको मङ्सिर २० गतेका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

विशेष प्रस्ताव तर्फ, सभाले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले उन आउने १ अर्ब ४९ करोड ६० लाख बराबरको बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.४२१ प्रतिशतले हुन आउने ७ करोड ८७ लाख ३६ हजार ८४२ रुपैंया ११ पैसा बराबरको नगद लाभांश(कर प्रयोजनार्थ) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

एचआईडिसीएलले वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०७८/०९/०५ गते देखि मिति एक दिनका लागि शेयरघनी दर्ता किताब बन्द रहने जनाएको छ। यस अर्थ २०७७/०९/०४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुने छन् ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

33.33%
33.33%
33.33%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

ad x