जनता बैंक नेपाल लि. को आयोजनामा रसुवामा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न

ज्ञानमाण्डू। जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रसुवाको दुई स्थानमा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी बैंकले देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धि र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा यहि २०७५ मंशिर २५ गते स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गराएको थियो भने मंशिर २५, २६ र २७ गते आँखा परिक्षण तथा मोतिबिन्दुको शल्यक्रिया गराएको थियो । त्यस्तै रसुवा जिल्लाकै कालिका गाँउपालिकामा मंशिर २६ गते स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गराएको थियो । उक्त क्षेत्रका विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी बैंकले स्वास्थ्य शिविर संचालन गरेको थियो । नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखा अस्पताल र अल्का अस्पताल जावलाखेलको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको कुरा बैंकले पे्रस विज्ञप्तिद्धारा जनाएको छ । 

नौकुण्ड स्वास्थ्य शिविरको उद्घाटन रसुवा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश नं. ३ का माननीय सांसदहरु प्रभात लामा र प्रेम लामाले संयुक्त रुपमा गरेका थिए ।  

उक्त स्वास्थ्य शिविरहरुमा कूल ८४६ जनाको बृहत स्वास्थ्य परिक्षण गरिएको थियो जस मध्ये ५४ जनाको शिविर स्थलमै मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो । बिरामीहरुलाई आबश्यक औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो । स्त्री रोग सम्बन्धि उपचारको लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नुपर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि अस्पतालमा रिफर गरिएको छ । बैंकबाट उक्त रिफर भएका महिलाहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाइएको कुरा बैंकले उत्त पे्रस विज्ञप्तिमा उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x