हिमालयन जनरल ईन्स्याेरेन्स र एभरेष्ट ईन्स्याेरेन्सकाे मर्जर प्रक्रिया स्वकृत गर्ने विशेष साधारण सभा आज


ज्ञानमाण्डू। हिमालयन जनरल ईन्स्याेरेन्स कम्पनी लिमिटेड र एभरेष्ट ईन्स्याेरेन्स कम्पनी लिमिटेडले यही असार ०२ गते (आज) विशेष साधारण सभा गर्दै छ। हिमालयन जनरल ईन्स्याेरेन्सले विशेष साधारण सभा एयरपोर्ट होटल, एयरपोर्ट, काठमाडौंमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ भने एभरेष्ट ईन्स्याेरेन्स कम्पनीले सोही समयमा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा आरम्भ हुने जानकारी दिएको छ।

सभाले हिमालयन जनरल ईन्स्याेरेन्स कम्पनी लिमिटेड र एभरेष्ट ईन्स्याेरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ। हिमालयन जनरल ईन्स्याेरेन्स कम्पनी लिमिटेड र एभरेष्ट ईन्स्याेरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात् बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीकाे नाम नेपालीमा "हिमालयन एभरेष्ट ईन्स्याेरेन्स लिमिटेड" तथा अंग्रेजीमा "Himalayan Everest Insurance Limited" कायम गरी साे नामबाट निर्जीवन बीमा व्यवसाय गर्ने विषयलाई पनि दर्साउने छ।

त्यसै गरी एभरेष्ट ईन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १०० कित्ता शेयर बराबर हिमालयन जनरल ईन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ८५ कित्ता (१ :०८५ अनुपात) शेयर प्रदान गर्ने गरी गाभ्ने गाभिने (मर्ज) कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि साेही सभाले पारित गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x