नाफामा एक अर्कालाई टक्कर दिने वाणिज्य बैङ्कहरूलाई दाँजेर हेर्दा

२६ वटै वाणिज्य बैङ्कहरूले आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। ती मध्ये सर्वाधिक नाफा कमाउने एनआईसी एशिया बैङ्क, नबिल बैङ्क, सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैङ्क, ग्लोबल आइएमई बैङ्क र नेपाल इन्भेष्टमेण्ट बैङ्क गरी ५ वटा वाणिज्य बैङ्कहरूलाई पहिलो त्रैमासको वित्तीय विवरणका आधारमा तुलना गर्ने प्रयास गरिएको छ । 
 
चुक्ता पुँजी: ग्लोबल आइएमई बैङ्कको सबै भन्दा बढी २३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने नबिल बैङ्कको २२ अर्ब ८३ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट बैङ्कको १८ अर्ब ३० करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैङ्कको १४ अर्ब ९४ करोड रुपैयाँ र एनआईसी एशिया बैङ्कको ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
 
निक्षेप सङ्कलन: ३ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप सहित नेपाल बङ्गलादेश बैङ्कलाई गाभेको नबिल बैङ्क निक्षेप सङ्कलनमा अगाडि रहेको छ भने एनआईसी एशिया बैङ्कले ३ खर्ब ४ अर्ब रुपैयाँ, ग्लोबल आइएमई बैङ्कले २ खर्ब ७९ अर्ब रुपैयाँ, राष्ट्रिय वाणिज्य बैङ्कले २ खर्ब ६१ अर्ब रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट बैङ्कले १ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् ।
 
कर्जा लगानी: नेपाल इन्भेष्टमेण्ट बैङ्कले १ खर्ब ६८ अर्ब रुपैयाँ, राष्ट्रिय वाणिज्य बैङ्कले २ खर्ब १० अर्ब रुपैयाँ, एनआईसी एशिया बैङ्कले २ खर्ब ५९ अर्ब रुपैयाँ, ग्लोबल आइएमई बैङ्कले २ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् भने नबिल बैङ्कले ३ खर्ब ५ अर्ब रुपैयाँ  कर्जा लगानी गर्दै कर्जा लगानीमा अघि रहेको छ ।
 
खुद ब्याज आम्दानी: नबिलले व्यवसाय विस्तारबाट सबै भन्दा बढी ३ अर्ब ६७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। त्यस्तै एनआईसी एशिया बैङ्कले ३ अर्ब ४१ करोड रुपैयाँ, ग्लोबल आइएमई बैङ्कले ३ अर्ब २० करोड रुपैयाँ,  राष्ट्रिय वाणिज्य बैङ्कले ३ अर्ब १८ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट बैङ्कले २ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।
 
नाफा: एनआईसी एशिया बैङ्कले सबै भन्दा बढी १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ भने नबिल बैङ्कले १ अर्ब ५७ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैङ्कले १ अर्ब २४ करोड रुपैयाँ, ग्लोबल आइएमई बैङ्कले १ अर्ब १८ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट बैङ्कले १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
 
 
जगेडा कोष: नबिल बैङ्कको जगेडा कोषमा २७ अर्ब ५१ करोड रुपैयाँ रहेको छ भने राष्ट्रिय वाणिज्य बैङ्कको १६ अर्ब ६१ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट बैङ्कको १५ अर्ब ९ करोड रुपैयाँ, ग्लोबल आइएमई बैङ्कको ११ अर्ब ५९ करोड रुपैयाँ र एनआईसी एशिया बैङ्कको ११ अर्ब १ करोड रुपैयाँ रहेको छ ।
 
सञ्चित मुनाफा: एनआईसी एशिया बैङ्कको सञ्चित मुनाफा ४ अर्ब २० करोड रुपैयाँ रहेको छ भने ग्लोबल आइएमई बैङ्कको ३ अर्ब ४५ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैङ्कको ३ अर्ब १७ करोड रुपैयाँ, नबिल बैङ्कको २ अर्ब ९१ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट बैङ्कको १ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।
 
वितरण योग्य मुनाफा: एनआईसी एशिया बैङ्कको सबै भन्दा बढी ४ अर्ब २० करोड रुपैयाँ वितरण योग्य मुनाफा रहेको छ भने ग्लोबल आइएमई बैङ्कको ३ अर्ब ४५ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैङ्कको ३ अर्ब १७ करोड रुपैयाँ, नबिल बैङ्कको २ अर्ब ९१ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट बैङ्कको १ अर्ब ८० करोड रुपैयाँ वितरण योग्य मुनाफा रहेको छ ।
 
निष्कृय कर्जा: एनआईसी एशिया बैङ्कको निष्कृय कर्जा सबै भन्दा कम ० दशमलव ५९ प्रतिशत देखिन्छ भने नेपाल इन्भेष्टमेण्ट बैङ्कको १ दशमलव ५७ प्रतिशत, ग्लोबल आइएमई बैङ्कको २ दशमलव १० प्रतिशत, नबिल बैङ्कको २ दशमलव ३३ प्रतिशत र राष्ट्रिय वाणिज्य बैङ्कको २ दशमलव ४८ प्रतिशत  निष्कृय कर्जा देखिन्छ ।
 
प्रति शेयर आम्दानी: ग्लोबल आइएमई बैङ्कको प्रति शेयर आम्दानी २० रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट बैङ्कको २४ रुपैयाँ ९२ पैसा र नबिल बैङ्कको २७ रुपैयाँ १ पैसा रहेको छ भने एनआईसी एशिया बैङ्क प्रति शेयर आम्दानी ५९ रुपैयाँ ६२ पैसा सहित अघि छ ।
 
मूल्य आम्दानी अनुपात: एनआईसी एशिया बैङ्कको मूल्य आम्दानी अनुपात १०.२३ गुणा, नेपाल इन्भेष्टमेण्ट बैङ्कको १०.६३ गुणा र ग्लोबल आइएमई बैङ्कको १२.५७ गुणा छ भने नबिल बैङ्कको मूल्य आम्दानी अनुपात २९.३९ गुणा रहेको छ ।
 
नबिल बैङ्कले नेपाल बङ्गलादेश बैङ्कलाई गाभी गत आषाढ २७ देखि एकीकृत कारोबार सुरु गरेको थियो भने ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डू साथै नेपाल इन्भेष्टमेण्ट बैङ्क र मेगा बैङ्क नेपाल मर्जर प्रक्रियामा रहेका छन्।
 
डिस्क्लेमर: सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50.00%
0.00%
0.00%
12.50%
25.00%
12.50%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x