जानकी फाइनान्सकाे नाफा २४ लाख १९ हजार, खुद ब्याज आम्दानीमा २४.६३ प्रतिशतकाे गिरावट

जानकी फाइनान्स कम्पनी लिमिटेडकाे नाफा ९१.३९ प्रतिशतले घटेकाे छ । आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा फाइनान्स २ कराेड ७९ लाख रुपैयाँ नाफा कमाएकाे थियो भने आ.व. २०७९/८० को पहिलाे त्रैमास सम्ममा फाइनान्सले २४ लाख १९ हजार रुपैयाँ नाफा कमाएकाे देखिन्छ ।

६९ करोड ४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको जानकी फाइनान्सले ३ अर्ब ३६ करोड ६ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी २ अर्ब ८५ करोड २८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २० करोड ५१ लाख रुपैयाँ र सञ्चित मुनाफा ३ कराेड ५१ लाख रुपैयाँ रहेको छ। साे फाइनान्सकाे व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २४.६३ प्रतिशतले घटेर ५ कराेड ६ लाख रुपैयाँ पुगेको छ।


जानकी फाइनान्सकाे निष्क्रिय कर्जा अनुपात १०.०२ प्रतिशत र प्रतिशेयर आम्दानी १ रुपैयाँ ४० पैसा छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८० पैसा र पछिल्लो कारोबार मूल्य रु ३६६ को आधारमा मूल्य आम्दानी अनुपात २६१.४२ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x