नबिल बैङ्कको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा दुई हजार रुपैयाँ क्यासब्याक

नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिको खरिदमा सीमित समयका लागि विशेष छुट योजना सुरु भएको सो बैङ्कले जनाएको छ । नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले यी दुई मोबाइलको खरिदमा दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने योजना ल्याएको सो बैङ्कले जानकारी दिएको छ ।

सामसङले नबिल बैङ्कसँगको एक सम्झौता पत्रमा हस्ताक्षर गरी सो योजना बजारमा ल्याएको हो । सामसङ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध हुन थालेको हो । यी दुवै मोडलहरूमा आश्चर्यजनक क्यामराहरू र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरू अद्वितीय डिजाइनहरू एवं विविध रङ्गहरूमा उपलब्ध छन् ।


नबिलको कार्डका लागि देशका २५३ शाखाहरूमध्ये कुनै पनि शाखाबाट अथवा एनबैङ्कबाट लिन सक्ने सो बैङ्कले बताएको छ ।

सो योजना सीमित अवधिको लागि मात्र लागू गरेको सोही बैङ्कले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x