प्रभु बैंक लिमिटेड र डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर बिच आकर्षक छुट गर्ने सम्झौता


ज्ञानमाण्डू। प्रभु बैंक लिमिटेड र डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर प्रा.लि. का बिच डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर प्रा.लि. मा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट हात्तीगौंडा शाखा कार्यालय प्रमुख श्री कृष्ण दवाडी र र डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री ऋषि प्रसाद सापकोटा द्वारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर प्रा.लि. बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरूले डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर प्रा.लि.द्वारा सञ्चालित चिकित्सक परामर्श शुल्क, ओ.टी सेवा शुल्क, प्रयोगशाला सेवा शुल्क, जेनेरल मेडिसिन ९मधुमेह, थाईरोड, इण्डोक्रिनोलोजि०, प्लास्टिक एण्ड एस्थेटिक सर्जरीका साथै लेजर एण्ड लाइट थेरापी सेवा शुल्कमा १० प्रतिशत र डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर प्रा.लि. अन्तर्गत “True Pharmacia Pvt. Ltd” बाट औषधी खरिद गरे बापत ५ प्रतिशत छुट प्राप्त हुने कम्पनीले बताएको छ।

उक्त सम्झौता अन्तर्गत डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर प्रा. लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, QR र POS मेसिन च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा,डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर प्रा.लि का सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने  विश्वास रहेकाे बैंकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x