श्रृजनशील लघुवित्तको नाफा १ करोड ८ लाख, प्रतिशेयर आम्दानी कति ?

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ३२.७९ प्रतिशतले घटेको छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा लघुवित्तले १ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा लघुवित्तले १ करोड ८ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१० करोड ९३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको श्रृजनशील लघुवित्तले २ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, श्रृजनशील लघुवित्तले १ अर्ब १९ करोड रुपैयाँ सापटी लिएको ।


श्रृजनशील लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २९.२३ प्रतिशतले घटेर ३ करोड १६ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात २.१० प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ६४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५९ रुपैयाँ ५९ पैसा छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x