कालिका लघुवित्तको नाफामा ६७.९१ प्रतिशतको गिरावट

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ६७.९१ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ८ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्तले २ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३१ करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कालिका लघुवित्तले १ अर्ब ४५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ३ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले जगेडा कोषमा ९ करोड १२ लाख रुपैयाँ र सञ्चित मुनाफा १६ करोड २४ लाख रहेको छ ।


कालिका लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९.२२ प्रतिशतले घटेर १३ करोड ७६ लाख रुपैयाँ रहेको छ भने लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड १० लाख रुपैयाँ रहेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.४० प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ २५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ०८ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ९८० को आधारमा मूल्य आम्दानी अनुपात ५६.८१ गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x