विश्व इतिहासमा आज: स्वतन्त्र प्यालेस्टाइन राज्य गठनदेखि लिग अफ नेसनको पहिलो बैठक

आज विश्व इतिहासमा विविध राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए । दोस्रो विश्वयुद्धपछि संसारमा शान्ति कायम गर्ने उद्देश्यले स्थापना गरिएको लिग अफ नेसनको पहिलो बैठकदेखि महात्मा गान्धीका हत्याराहरूलाई आजकै दिन झुन्ड्याइएको थियो । त्यस्तै प्यालेस्टाइन स्वतन्त्र राज्यको गठन पनि आज नै भएको थियो ।

स्वतन्त्र प्यालेस्टाइन राज्य गठन
सन् १९८८ मा अल्जेरियाको राजधानी अल्जिर्यसमा प्यालेस्टाइन लिबरेस सङ्गठन (पीएलओ) ले प्यालेस्टाइन राज्य गठन भएको घोषणा गरेको थियो । पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनको राजधानी घोषणा गरिएको थियो । अहिले राष्ट्र सङ्घका करिब ७० प्रतिशत सदस्यहरूले प्यालेस्टाइनलाई स्वतन्त्र देशको रूपमा मान्यता दिएका छन् ।  

महात्मा गान्धीको हत्यारालाई झुन्ड्याइयो
भारतमा शान्तिका दूत भनेर चिनिने महात्मा गान्धीको हत्यारालाई सन् १९४९ को १५ अक्टोबरमा फाँसी दिइएको थियो । नाथुराम गोड्से, नारायण एप्टीसहित ८ जनालाई अम्बाला जेलमा झुन्ड्याइएको थियो । नाथुराम गोड्सेले सन् १९४८ को ३० जनवरीमा गान्धीको हत्या गरेका थिए ।

लिग अफ नेसनको पहिलो बैठक
आजकै दिन अर्थात् सन् १९२० को १५ अक्टोबरमा अन्तर्राष्ट्रिय सङ्गठन लिग अफ नेसनको महासभाको पहिलो बैठक बसेको थियो । द्वितीय विश्वयुद्धपछि सृजित समस्या समाधान गर्न तथा विश्वमा शान्ति कायम गर्ने उद्देश्यले सोही वर्षको जनवरीमा लीग अफ नेसन खडा गरिएको थियो ।

सेनाद्वारा ब्राजिलका शासक सत्ताच्युत
सन् १८८९ मा ब्राजिलका तत्कालीन शासक पेड्रो द्वितीय सत्ताच्युत भएका थिए । म्यानुअल डिओडोरोले नेतृत्व गरेको सैनिक अधिकारीहरूको एउटा समूहले उनलाई सत्ताच्युत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x