नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि.को नामबाट पौष २७ देखि एकीकृत वित्तीय कारोबार सुरु हुँदै, यी दिन सेवा अवरुद्ध रहने

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक मर्जर पश्चात् नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नाउँबाट मिति २०७९ / ०९ / २७ (११ जनवरी, २०२३) बाट एकीकृत वित्तीय कारोबार सञ्चालन हुने भएको छ ।

मिति २०७९/०९/२७ गते देखि दुवै संस्थाको एकीकृत कारोबार सञ्चालन हुने हुँदा Data Migration प्रयोजनका लागि मिति २०७९ / ०९ / २५ गते सोमवार र मिति २०७९/०९/२६ गते मङ्गलवार समेत गरी दुई दिन नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैङ्कको सम्पूर्ण बैङ्किङ सेवाहरू बन्द रहने  बारे सूचना जारी गर्दै दुवै बैङ्कले जानकारी गराएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

75.00%
0.00%
0.00%
0.00%
25.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x