सिभिल बैङ्क लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न

सिभिल बैङ्क लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा मिति २०७९ पौष २८ गते बिहीबार कालिका स्थान स्थित अमृत भोग बैंक्वेटमा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैङ्कको चुक्ता पुँजीको ५% बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६% नगद लाभांश वितरण गर्न सर्वसम्मतिले स्वीकृत प्रदान गरेको छ ।

साथै सभाले आ.व. २०७९/८० को लेखापरिक्षण गर्नको लागि “एस राई एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैङ्क लिमिटेडलाई हिमालयन बैङ्क लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा सो बैङ्कको १०० कित्ता शेयर बराबर हिमालयन बैङ्क लिमिटेडको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००: ८०.२८) कायम गरी प्राप्ति (एक्विजिशन) कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । साथै  सिभिल बैङ्क लिमिटेडलाई हिमालयन बैङ्क लिमिटेडले प्राप्ति –एक्विजिशन) गर्ने सम्बन्धमा भएको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनकर्ताको नियुक्ति र निजलाई भुक्तानी गरेको पारिश्रमिक, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (ड्यू डेलिजेन्स अडिट रिपोर्ट), समझदारी पत्र, तथा अन्तिम सम्झौता पत्र लगायतका सम्पूर्ण काम कार्यवाहीहरूलाई अनुमोदन गरेको छ । यसै प्रसङ्गमा सिभिल बैङ्कको प्राप्ति गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैङ्क, कम्पनी रजिस्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरूबाट स्वीकृति लिने/अभिलेख गर्ने क्रममा भए गरेका काम कारबाही वा पुँजी संरचना वा प्रबन्ध पत्र नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरूबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम मिलाई संशोधन वा परिमार्जन समेतका सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ ।


उक्त साधारण सभाका सबै प्रस्तावहरू पारित गर्नु भएकोमा सभामा उपस्थित सबैलाई बैङ्कका अध्यक्ष प्रताप जङ्ग पाण्डेले धन्यवाद दिनुभयो । साथै सिभिल बैङ्कको मर्जर कमिटीलाई विशेष आभार प्रकट गर्दै नेपाल राष्ट्र बैङ्कको अन्तिम स्वीकृति पश्चात् दुवै बैङ्कको एकीकृत कारोबार २०७९ माघ भित्र गरिने योजना रहेको कुरा बैङ्कका अध्यक्ष प्रताप जङ्ग पाण्डेले बताउनुभयो ।

करिब ८ लाखभन्दा बढी ग्राहकहरूलाई ११५ शाखाहरू, १३ एक्सटेन्सन काउन्टरहरू तथा १०२ एटिएम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैङ्कले हालसम्म रु. ९६ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रु. ८६ अर्ब भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x