ग्लोबल आईएमई बैंकका ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ । यो योजनाअन्र्तगत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन ।

बैंकले मोबाइल बैंकिङ्ग एप्लिकेशन– ग्लोबल स्मार्ट प्लसबाट गरिने भुक्तानी प्रकृयालाई प्रवर्द्धन गर्नका लागि सोे क्यासब्याक योजना सार्वजनिक गरेको हो । सो हृयाप्पी आवर्स योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकहरुले क्यासब्याक पाउनेछन । २०७९ साल चैत्र १९ देखि २०८० वैशाख १६ गतेसम्म दिन विशेष रुपमा चल्ने यस योजनामा प्रति ग्राहक  प्रति दिन एक कारेबारको क्यासब्याकका लागि योग्य हुनेछ ।  

सो योजनाअन्तर्गत निम्नानुसार क्यासब्याक उपलब्ध हुनेछ । 

क्रश. दिन समय प्रयोजन क्यासब्याक
आइतबार बेलुका ७ देखि १० सम्म मोबाइल डाटा प्याक खरिद २०% सम्म (अधिकतम रु. १००)
सोमबार  बेलुका ७ देखि १० सम्म टिभिको बिल भुक्तानी २०% सम्म (अधिकतम रु. १००)
मंगलबार बेलुका ७  देखि १० सम्म इन्टरनेटको बिल भुक्तानी २०% सम्म (अधिकतम रु. १००)
बुधबार बेलुका ७  देखि १० सम्म हवाईजहाजको टिकट खरिद २०% सम्म (अधिकतम रु. २००)
शनिबार बिहान ७ बेलुका ७ सम्म केबलकारको टिकट खरिद २०% सम्म (अधिकतम रु. २००)

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x