ग्लोबल आइएमई बैङ्कको नाफा २ अर्ब ७८ करोड, अन्य सूचक कस्ता?

ग्लोबल आइएमई बैङ्कको नाफा ४.४६ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा बैङ्कले २ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा बैङ्कले २ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
 
३५ अर्ब ७७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैङ्कले ४ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ३ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १८ अर्ब ३१ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३६.४४ प्रतिशतले बढेर ६ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको छ । बैङ्कको निष्क्रिय कर्जा अनुपात २.९२ प्रतिशत र प्रतिशेयर आम्दानी १८ रुपैयाँ ०७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात ११.६४ गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
0.00%
100.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x