आज देखि सुपर मादी हाइड्रोपावरको आइपिओ विक्री खुल्ला



सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ०९ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ ।

कम्पनीको अनुसार आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता ५० हजार कित्ता सम्म तोकेको छ।

कम्पनीको जारी पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरको २१ लाख कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूलाई र ५ प्रतिशत अर्थात् १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँड गरिएको र २ प्रतिशत अर्थात् ४२ हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी रहने १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गर्न लागेको कम्पनीले जनाएको छ ।


सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) माघ १२ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा माघ २३ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि-आस्वा प्रणालीबाट आवेदन पेस गर्न सक्नेछन्।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x