नेशनल माइक्राेफाइनान्स लघुवित्तको आकर्षक लाभांश प्रस्ताव, कति दिँदै छ बोनस ?

नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल माघ ०९ गते, विहान ९:०० बजे बसेको सञ्चालक समितिको १४१ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई ३८.५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ३८.५ प्रतिशतले हुन आउने रकम रु. २२ करोड ५८ लाख ६९ हजार ८६४ रुपैयाँ ८० पैसा बराबरको बोनस शेयर लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै यस संस्थाले मिति २०७८/०३/३० गते साबिकको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेको कारण सो मिति भन्दा अगाडि कायम शेयरधनीलाई प्राप्ति मिति देखि दुई आ.व. सम्म लाभांशमा कर छुट हुने व्यवस्थाको कारण हाल लाभांशकर प्रयाेजनार्थ छुट्टै रकम नछुट्टाएकाे कम्पनीले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x