नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कको नाफा २ अर्ब ८ करोड, अन्य सूचक कस्ता?

नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कको नाफा २८.४४ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा बैङ्कले १ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा बैङ्कले २ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
 
३४ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कले ३ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ३ खर्ब १७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २३ अर्ब ५५ करोड रुपैयाँ रहेकाे छ तर सञ्चित मुनाफा भने १ अर्ब ६० करोड रुपैयाँले ऋणात्मक रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ७३.९२ प्रतिशतले बढेर ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा १ अर्ब ६० करोड रुपैयाँले ऋणात्मक रहेको छ । बैङ्कको निष्क्रिय कर्जा अनुपात ३.७१ प्रतिशत र प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात १६.०८ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x