खुद ब्याज आम्दानी बढेसँगै आरएसडिसी लघुवित्तको नाफामा ६२.३३ प्रतिशतको वृद्धि

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा ६२.३३ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ४ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्तले  ७ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

८० करोड ५१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आरएसडिसी लघुवित्तले ८३ लाख ९४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, आरएसडिसी लघुवित्तले ५ अर्ब ३२ करोड ८१ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १० करोड ९३ लाख रुपैयाँ र सञ्चित मुनाफा १५ करोड १८ लाख रुपैयाँ रहेको छ ।

आरएसडिसी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५६.३४ प्रतिशतले बढेर १४ करोड ७५ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.८१ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ६३७.९० को आधारमा मूल्य आम्दानी अनुपात ३२.३३ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x