तारागाउँ रिजेन्सी हाेटल्सले आज २६ औँ वार्षिक साधारण सभा गर्दै

तारागाउँ रिजेन्सी हाेटल्स लिमिटेडले यही फाल्गुन ०३ गते (आज) २६ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले आर्थिक वर्ष (आ.व) २०७८/०७९ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।


त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको सम्पूर्ण शेयरधनीहरुलाई चुक्ता पुँजीको ८.४२ प्रतिशतका दरले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि सोही सभाले पारित गर्ने छ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि माघ १८ गते देखि फाल्गुन ०३ गतेसम्मको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा माघ १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x