आज ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Ngadi Group Power Limited
 

ङादी ग्रुप पावर लिमिटेडले यही फाल्गुन २५ गते ९ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि फाल्गुन १० गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको तर फागुन ९ गते ल्होसारको सार्वजनिक बिदाका कारण आज (फाल्गुन ०८) सम्म कायम शेयरधनीहरुले मात्र वार्षिक साधारण सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले साधारण सभा युनियन हाउस, अनामनगर, काठमाण्डाैँमा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ४.७५ प्रतिशतका दरले हुन आउने रकम बराबरको बोनस शेयर र ०.२५ प्रतिशतका दरले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x