आज देखि आत्मनिर्भर लघुवित्तको आइपिओ विक्री खुल्ला

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले फाल्गुन ११ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ जसमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म खरिद गर्न आवेदन दिन सक्नेछन् ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड Company Act 2063 तथा Bank and Financial Institution Act 2073 अन्तर्गत स्थापित संस्था हो सो लघुवित्त वित्तीय संस्थाको रजिस्टर्ड केन्द्रीय कार्यालय घोराही उपमहानगरपालिका वडा नम्बर १५ दाङ जिल्लामा रहेको छ । विपन्न तथा पिछडिएका समुदायको आर्थिक सामाजिक तथा चेतना विकासका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७५ मङ्सिर ४ गते दर्ता भई नेपाल राष्ट्र बैङ्कबाट मिति २०७५ माघ २९ गते वित्तीय कारोबार गर्न इजाजत पत्र प्राप्त सो संस्थाले मिति २०७६ वैशाख २ गतेदेखि आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सुरु गरेको हो ।

कम्पनीले जारी पुँजीको प्रति शेयर रु. १०० अङ्कित, दरका ६ लाख २३ हजार ३८० कित्ताको ३२.६२५ प्रतिशत अर्थात् २ लाख ३ हजार ३८० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो सो मध्ये १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरूलाई, १.५३२६ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरूलाई तथा ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने १ लाख ६९ हजार ७५५ कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरी बिक्री गर्न लागेको हो ।

निष्कासन बाट प्राप्त हुने कुल रकम मध्ये भौतिक पूर्वाधार तथा शाखा विस्तारमा ७० लाख, पशुपालन तथा कृषि कर्जामा ५० लाख, खुद्रा व्यापार र सेवा कर्जामा ५० लाख र साना तथा घरेलु उद्योग कर्जामा ३३ लाख ३८ हजार रुपैयाँ प्रयोग गर्ने गरी आह्वान पत्रमा विवरण प्रकाशित गरेको छ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

कम्पनीको प्रति शेयर आम्दानी अर्थात् (Earning Per Share) आर्थिक वर्ष २०७५/७६ मा १९ रुपैयाँ २८ पैसा, २०७६/७७ मा २९ रुपैयाँ ५६ पैसा, २०७७/७८ ma १४८ रुपैयाँ ७९ पैसा र २०७९ असार मसान्त सम्ममा १८५ रुपैयाँ ४३ पैसा रहेको छ। त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ अर्थात् (Net Worth Per Share) आर्थिक वर्ष २०७५/७६ मा १८९ रुपैयाँ ७१ पैसा, २०७६/७७ मा २२२ रुपैयाँ ८० पैसा, २०७७/७८ मा ३७१ रुपैयाँ ८२ पैसा र २०७९ असार मसान्त सम्म आइपुग्दा ५५६ रुपैयाँ ५९ पैसा रहेको छ भने Net Profit, २०७९ असार सम्ममा ७ करोड ७८ लाख ८१ हजार रुपैयाँ र २०७९ असोज सम्ममा १ करोड २२ लाख ८४ हजार रुपैयाँ रहेको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ (तेस्रो संशोधन सहित) मा भएको व्यवस्था बमोजिम वित्तीय संस्थाको रेटिङ गराउनुपर्ने भएकोले Care Ratings Nepal Limited बाट CARE-NP B+(Is) rating प्राप्त गरेको सो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा Sunrise Capital Limited रहेको छ ।

कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितो पत्र बोर्डबाट अनुमति लिई सि आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू तथा CDS and Clearing Limited बाट निर्माण गरिएको सफ्टवेयर "मेरो सेयर" अनलाइन प्रयोग गरी सी-आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन् ।

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) फाल्गुन १५ गते रहेको छ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा फाल्गुन २५ गते सम्म आवेदन पेस गर्न सकिने कुरा सो कम्पनीको आह्वान पत्रमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x