
प्रभु बैङ्क लिमिटेडले २ लाख ४४ हजार १२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
तीन जना संस्थापक शेयरधनी मध्ये किरण देवी अग्रवाल (११,०८७ कित्ता), विनोद थकाली (२ लाख कित्ता) र दुर्गा बहादुर श्रेष्ठ (३३,०३७ कित्ता) को स्वामित्वमा रहेको शेयर बिक्रीका लागि खुला गरिएको हो।
यस अघि यी शेयरहरू विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकताका साथ ३५ दिनसम्म प्रस्ताव गरिएको थियो। तर सो अवधिमा बिक्री नभएपछि अब सर्वसाधारणका लागि खुला गरिएको बैङ्कले जनाएको छ।
इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित आगामी १५ दिनभित्र काठमाडौँको बबरमहलस्थित बैङ्कको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।
प्रभु बैङ्कको २ लाख ४४ हजार १२४ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि खुला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
