देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आठ महिनाको तथ्याङ्कमा आधारित)


नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९/८० को आठ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रकाशित गरेको छ । उक्त प्रकाशित तथ्याङ्कका प्रमुख झलकहरू यस प्रकार रहेका छन् ।

  • वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.४४ प्रतिशत छ ।
  • आयात १९.९ प्रतिशतले, निर्यात २९.१ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले घटेकाे छ ।
  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशत र अमेरिकी डलरमा १४.८ प्रतिशतले बढेकाे छ ।
  • शोधनान्तर स्थिति रु.१४८ अर्ब ११ करोडले बचतमा छ ।
  • कुल विदेशी विनिमय सञ्चिति रु.१४०१ अर्ब २१ कराेड र अमेरिकी डलरमा १० अर्ब ६९ करोड रहेको छ ।
  • सङ्घीय सरकारको खर्च रु.७७९ अर्ब २३ करोड र राजस्व परिचालन रु.५८२ अर्ब ७७ करोड छ ।
  • विस्तृत मुद्राप्रदाय ५.३ प्रतिशतले बढेकाे छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.१ प्रतिशतले बढेको छ ।
  • बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ५.५ प्रतिशतले बढेकाे छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको छ ।
  • वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाकाे वृद्धिदर ३.१ प्रतिशत छ ।
  • मर्जर तथा एक्वीजीसनले बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या १२० पुगेको छ भने शाखा सञ्जाल ११,६२९ पुगेको छ।
  • कुल ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वाणिज्य बैङ्कहरूका शाखा विस्तार भएका छन्।
     

Click here to see the (Current Macroeconomic and Financial Situation of Nepal (Based on Eight Months’ Data)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x