नेप्सेमा दुई कम्पनीहरूको बोनस शेयर सूचीकृत


नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वैशाख १२ गते मङ्गलवारका दिन सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा मङ्गलवार सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल १६ लाख ५३ हजार ६९९.९६ कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल ९ लाख १७ हजार ६४४.५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १२.४० प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ६.९९ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेका थिए । उक्त कम्पनीहरूको सोही बोनस शेयर नेप्सेमा मङ्गलवार सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

ad x