कामना सेवा विकास बैङ्कको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



कामना सेवा विकास बैङ्क लिमिटेडले यही वैशाख ३१ गते सोह्रौँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि वैशाख १५ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा वैशाख १४ (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले साधारण सभा सिद्धार्थ बुटिक हाेटल, सिमलटार बौद्ध, काठमाडौँ-६ मा बिहान ११:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ४.४१ प्रतिशतका दरले हुन आउने रकम रु. १३ करोड ८५ लाख ८७ हजार ६४६ रुपैयाँ ६७ पैसा बराबरको बोनस शेयर र ०.२३२१ प्रतिशतका दरले हुन आउने रकम रु. ७२ लाख ९४ हजार ०८६ रुपैयाँ ६७ पेसा बराबरको नगद (कर प्रयाेजनार्थ समेत) लाभांश वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।

साथै सभाले यस कामना सेवा विकास बैङ्क लिमिटेड र इजाजत पत्र प्राप्त अन्य उपयुक्त बैङ्क तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति (एक्विजिशन) गर्ने प्रयोजनको लागि उपयुक्त बैङ्क तथा वित्तीय संस्था पहिचान गर्ने सहमति पत्रमा हस्ताक्षर गर्न, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्क समक्ष निवेदन दिने, सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नको लागि लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक तोक्ने लगायतका सम्पूर्ण कार्य गर्न/गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x