प्रभु बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा. लि. का बिच आकर्षक छुट गर्ने सम्झौता



ज्ञानमाण्डू। आज मिति २०७९ जेष्ठ ०४ गतेका दिन प्रभु बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि.का बिच सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि. मा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि.का तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको कम्पनीले जनाएकाे छ । प्रभु बैंक र सिद्धार्थ बिजनेज ग्रुप विच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुपद्धारा सञ्चालित रिसोर्ट, होटल, रेस्टुरेण्ट, क्याफेमा फुड एण्ड वेभरेजमा १० प्रतिशत र लजिङ्ग सुविधामा २० प्रतिशत छुट प्राप्त हुने भएको
बैंकले जनाएकाे छ । 


उक्त सम्झौता अन्तर्गत सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, QR र POS मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको कम्पनीले
जनाएकाे छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनुनेछ भन्ने बैंकले विश्वास लिएको बैंकले जनाएकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x