नेप्सेमा तीन कम्पनीहरूको बोनस शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जेठ १४ गते आइतबारका दिन स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रभु इन्स्योरेन्स लिमिटेड र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा आइतबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ११ लाख ३१ हजार ०१८.०७ कित्ता, प्रभु इन्स्योरेन्स लिमिटेडको कुल ८ लाख ६४ हजार १०६.७६ कित्ता र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको कुल १ करोड ०६ लाख ३८ हजार १३३.७५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


आर्थिक वर्ष २०७८/७९ को नाफाबाट स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ प्रतिशत, प्रभु इन्स्योरेन्स लिमिटेडले ६.७० प्रतिशत र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले ५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेका थिए । उक्त कम्पनीहरूको सोही बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x