धितोपत्र बजारमा ८.१५ अङ्कको वृद्धि, नेप्से २१७३.२५ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८ दशमलव १५ अङ्कले बढेर २१७३ दशमलव २५ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक  २ दशमलव ५३ अङ्कले बढेर ४१५ दशमलव ५४ को विन्दुमा पुगेको छ ।

 

 
आज कूल २४८ कम्पनीहरूका ८३ लाख १८७ कित्ता शेयर रु. ३ अर्ब ३२ लाख ३० हजार ३९ मा खरिद बिक्री भए ।
 


कारोबार भएका कूल १३ उपसमूह मध्य बैङ्किङ उपसमूह २ दशमलव १५ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ४४ अङ्कले, उत्पादन उपसमूह ३.७४ अङ्कले र सामूहिक लगानी कोष शून्य दशमलव ३२ अङ्कले  घटेका छन्। यता, विकास बैङ्क उपसमूह ४ दशमलव ६० अङ्कले बढ्दा वित्त उपसमूह ७० दशमलव ०४ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १०.५५ अङ्कले, जलविद्युत उपसमूह २८.१३ अङ्कले, जीवन बिमा उपसमूह १.५७ अङ्कले, लघुवित्त उपसमूह ४.२० अङ्कले , निर्जीवन बिमा ६०.१६ अङ्कले, अन्य उपसमूह ३९.०३ अङ्कले र ट्रेडिङ उपसमूह ४.१९ अङ्कले बढेकाे छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x