आजसम्म कायम शेयरधनीले अरुण भ्याली हाईड्राेपावर डेभलपमेण्टकाे विशेष साधारण सभामा भाग लिन पाउने



अरुण भ्याली हाईड्राेपावर डेभलपमेण्ट लिमिटेडले यही असार ०७ गते विशेष साधारण सभा गर्ने भएको छ। कम्पनीले विशेष साधारण सभाको प्रयोजनको लागि जेठ ३० गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा जेठ २९ (आज सम्म) कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले विशेष साधारण सभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले लिखु खोला जलविद्युत आयोजनामा लगानी गर्न र काबेली बी-१ क्यासकेड जलविद्युत आयोजनाको ऋण भुक्तानीका लागि १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सभाले हकप्रद शेयर जारी गर्ने कार्य गर्दा विद्धुत आयोग, नेपाल धिताेपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिस्टारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x