नाफामा एक अर्कालाई टक्कर दिने वाणिज्य बैङ्कहरूलाई दाँजेर हेर्दा

वाणिज्य बैङ्कहरूले आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। ती मध्ये सर्वाधिक नाफा कमाउन सफल नबिल बैङ्क, ग्लोबल आइएमई बैङ्क र एनआईसी एशिया बैङ्क गरी ३ वटा वाणिज्य बैंकहरुलाई चाैथाे त्रैमासको वित्तीय विवरणका आधारमा तुलना गर्ने प्रयास गरिएको छ ।

चुक्ता पुँजी: ग्लोबल आइएमई बैंकको सबै भन्दा बढि ३५ अर्ब ७७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने नबिल बैंककाे २७ अर्ब ५ करोड रुपैयाँ र एनआईसी एशिया बैंककाे ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

निक्षेप संकलन: ४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ग्लोबल आइएमई बैंक अगाडि रहेको छ भने नबिल बैंकले ३ खर्ब ९६ अर्ब रुपैयाँ र एनआईसी एशिया बैंकले ३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

कर्जा लगानी: एनआईसी एशिया बैंकले २ खर्ब ६२ अर्ब रुपैयाँ र नबिल बैंकले ३ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् भने ग्लोबल आइएमई बैंकले ३ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा लगानी गर्दै कर्जा लगानीमा अघि रहेको छ ।

खुद ब्याज आम्दानी: नबिल बैंकले व्यवसाय विस्तारबाट ग्लोबल आइएमई बैंक र एनआईसी एशियाले भन्दा बढि खुद ब्याज आम्दानी गरेको छ। नबिल बैंकले १७ अर्ब ९८ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले १७ अर्ब ११ करोड रुपैयाँ र एनआईसी एशिया बैंकले १२ अर्ब ३७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।

नाफा: नबिल बैंकले सबै भन्दा बढि ७ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाउन सफल भएकाे छ भने ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ र एनआईसी एशिया बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

जगेडा कोष: नबिल बैंकको जगेडा कोषमा २७ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने ग्लोबल आइएमई बैंकको १९ अर्ब ९५ करोड रुपैयाँ र एनआईसी एशिया बैंकको १४ अर्ब ३८ करोड रुपैयाँ रहेको छ ।

संचित मुनाफा: नबिल बैंककाे संचित मुनाफा ३ अर्ब ९६ कराेड रुपैयाँ रहेको छ भने एनआईसी एशिया बैंकको ३ अर्ब ६९ कराेड रुपैयाँ  र ग्लोबल आइएमई बैंकको २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

वितरण याेग्य मुनाफा: नबिल बैंककाे सबै भन्दा बढि ३ अर्ब ९६ कराेड रुपैयाँ वितरण याेग्य मुनाफा रहेको छ भने एनआईसी एशिया बैंककाे ३ अर्ब ६९ कराेड रुपैयाँ र ग्लोबल आइएमई बैंकको २ अर्ब ९५ करोड रुपैयाँ वितरण याेग्य मुनाफा रहेको छ ।

निस्क्रिय कर्जा: एनआईसी एशिया बैंकको निस्क्रिय कर्जा सबै भन्दा कम ० दशमलव ८ प्रतिशत देखिन्छ भने ग्लोबल आइएमई बैंकको ३ दशमलव ०८ प्रतिशत र नबिल बैंकको ३ दशमलव २० प्रतिशत निस्क्रिय कर्जा देखिन्छ ।

प्रति शेयर आम्दानी: ग्लोबल आइएमई बैंकको प्रति शेयर आम्दानी २० रुपैयाँ ७७ पैसा र नबिल बैंककाे प्रति शेयर आम्दानी २७ रुपैयाँ ८२ पैसा रहेकाे छ भने एनआईसी एशिया बैंक प्रति शेयर आम्दानी ४० रुपैयाँ २२ पैसा सहित अघि छ ।

मूल्य आम्दानी अनुपात: पछिल्लो कारोबार मूल्य ग्लोबल आइएमई बैंकको रु २२४, एनआईसी एशिया बैंकको रू ७८९ र नबिल बैंकको रू ६१३ को आधारमा ग्लोबल आइएमई बैंकको मूल्य आम्दानी अनुपात १०.७८ गुणा, एनआईसी एशिया बैंकको १९.६१ गुणा र नबिल बैंकको २२.०३ गुणा रहेकाे छ ।
 

डिस्क्लेमर: सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

20.00%
20.00%
0.00%
20.00%
40.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x