आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू



साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक ४१ दशमलव ०६ अङ्कले बढेर २०६० दशमलव ९१ को विन्दुमा कायम भएको छ ।

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ९.८३ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सुपर मादी हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ९.७५ प्रतिशत, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ९.५७ प्रतिशत, मन्दाकिनी हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ९.३९ प्रतिशत र एशियन हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ८.९१ प्रतिशतका दरले कमाएका छन्

यता, सेञ्चुरी डिबेञ्चर २०८८ का लगानीकर्ताहरूले ९.९९ प्रतिशतले गुमाउँदा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड ८.०५ प्रतिशत,नेपाल रिपब्लिक मिडिया लिमिटेड ६.६३ प्रतिशत, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड ६.०७ प्रतिशत र एनआईसी एशिया सेलेक्ट ३० (५.००) प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x