असार महिनामा जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन १७ अर्ब अधिक, कसको कति ?



गत आर्थिक वर्षको असार महिनामा हाल नेपालमा सञ्चालनमा रहेका जम्मा १५ जीवन बीमा कम्पनीहरूले कुल रु. १७ अर्ब ८१ करोड बीमा शुल्क सङ्कलन गरेका छन् ।


गत आर्थिक वर्षको असार महिनामा सर्वाधिक कुल बीमा शुल्क आर्जनमा नेपाल लाइफ इन्स्याेरेन्सकाे प्रभुत्व :

गत आर्थिक वर्षको असार महिनामा नेपाल लाइफ इन्स्याेरेन्सले सोही वर्गका संस्थाहरू मध्ये सर्वाधिक कुल बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले ४ अर्ब ८० करोड रुपैयाँ अधिक कुल बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। त्यस्तै, नेश्नल लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले २ अर्ब ३६ करोड रुपैयाँ, लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले १ अर्ब ९७ करोड रुपैयाँ, हिमालयन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले १ अर्ब ७६ करोड रुपैयाँ, सूर्यज्याेति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ३१ करोड रुपैयाँ, सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले १ अर्ब ०५ करोड रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ९० करोड ५४ लाख रुपैयाँ, सानीमा रिलायन्स लाइफ इन्स्याेरेन्स लिमिटेडले ८० करोड ६६ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ६२ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन्।

गत आर्थिक वर्षको असार महिनामा रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ५० करोड ६६ लाख रुपैयाँ, मेट लाइफले ४८ करोड ९३ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ४४ करोड ३३ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ३६ करोड २९ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको देखिन्छ ।

त्यस्तै, प्रभु लाइफ इन्स्याेरेन्स लिमिटेडले २३ करोड ५२ लाख रुपैयाँ र महालक्ष्मी लाइफ इन्स्याेरेन्स लिमिटेडले १५ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x