हिमालयन डिष्टिलरीको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?


हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल मङ्सिर १७ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व. २०७९/०८० को सञ्चित मुनाफा समेतबाट कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७९/०८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र १५ प्रतिशतले हुन आउने रकम बराबरको नगद (कर प्रयाेजनार्थ समेत) गरी जम्मा २५ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।


प्रस्तावित लाभांश नेपाल कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने महिमालयन डिष्टिलरी लिमिटेडले जानकारी दिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x