युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने गरी एन आई सी एशिया बैङ्क र Al Ansari Exchange बिच रणनीतिक साझेदारी

रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आउनुभएका नेपालीहरूले नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एन आई सी एशिया बैङ्क र Al Ansari Exchange बिच उक्त रणनीतिक साझेदारी सम्पन्न भएको छ । समझदारी अनुसार युएईमा आक्रामक बजार विस्तार गरिरहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरू तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप) बाट नेपालमा रकम पठाउन सहज हुने दुवै साझेदारको विश्वास रहेको छ । साझेदारी कार्यान्वयनमा आए पश्चात् अब Al Ansari Exchange बाट सो बैङ्कका साथै नेपालका जुनसुकै बैङ्कका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ । भौतिक रूपमा युएईभर तथा वेबसाइट तथा मोबाइल एपबाट डिजिटल रूपमा दरिलो उपस्थिति रहेको उक्त Al Ansari Exchange कम्पनीबाट पठाइएको रकम सो बैङ्कका ३६० शाखा कार्यालय, १११ विस्तारित काउन्टर, ५५ वटा शाखा रहित बैंकिङ्ग इकाई र १६ हजार भन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिनेछ । साथै, सो बैङ्कको मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) भित्र रहेको Remittance आइकनमा ट्याप गरेर Receive Remit भित्र आफूलाई प्राप्त रकम र Unique PIN विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गरी रेमिटेन्स रकम सहजै बुझ्न सकिने व्यवस्था समेत रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x