सेनाको स्वास्थ्य शिविरबाट सर्वसाधारण लाभान्वित

धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ चिसापानीमा नेपाली सेनाको श्री नं. १ राजदल गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय १२ जना लाभान्वित भएका छन् ।

उक्त स्वास्थ्य शिविरमा नेपाली सेनाका चिकित्सकसहितको टोलीले रक्तचाप, मधुमेह, आँखा, नाक, कान, घाँटी, दाँतलगायत रोग सम्बन्धी सेवा प्रदान गरिएको थियो । सो स्वास्थ्य शिविरमा चिसापानी तथा त्यस आसपासका गाउँबाट आएका नागरिक लाभान्वित भएको महासेनानी प्रतीक कार्कीले जानकारी दिनुभयो । नेपाली सेनाको श्री नं. १ राजदल गणले गणेशमान चारनाथ नगरपालिका, धनुषा र मधेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरको औषधि तथा स्वास्थ्य सामग्री सहयोगमा सञ्चालित उक्त स्वास्थ्य शिविरमा प्राविधिक जनशक्ति नेपाली सेनाको फिल्ड अस्पताल बर्दिबाससहित ४० जनाको टोली खटिएको थियो ।

स्वास्थ्य शिविर सञ्चालन भएको गाउँ धनुषाको विकट क्षेत्र मानिन्छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा भएकाले सेनाले पहिलो पटक स्वास्थ्य शिविर सञ्चालन गरेको महासेनानी कार्कीले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x